दफा ६
बोर्डको काम, कर्तव्य र अधिकार
: बोर्डको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) पर्यटन व्यवसायसंग सम्बन्धित कुनै पनि कारोबार गर्नको निमित्त नेपाल
सरकारको वा नेपाल सरकारको स्वीकृति लिई कुनै व्यक्ति, संस्था वा निकायको
प्रतिनिधिको हैसियतले कार्य गर्ने ।
(ख) पर्यटन व्यवसायको स्थापना, सुधार, विकास, विस्तार, प्रबद्र्धन तथा संरक्षण गर्ने सम्बन्धमा पूर्वाधार विकास, पर्यटन सेवा, सुविधा विस्तार, जनशक्ति विकास र पर्यटन स्थलहरूको पर्यावरण संरक्षण गर्ने कार्य समेतका सम्बन्धमा आवश्यक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने, गराउने।
(ग) पर्यटकहरूका लागि सुविधा बृद्धि गर्ने कार्यक्रमको तर्जुमा गर्ने कार्यमा संलग्न भै नेपाललाई एक आकर्षक पर्यटन स्थलको रूपमा विकसित गर्ने ।
(घ) पर्यटकहरूलाई सेवा प्रदान गर्ने व्यक्ति, संस्था वा निकायहरूको क्रियाकलापहरूमा समन्वय कायम गर्ने ।
(ङ) पर्यटन व्यवसायको विकास र विस्तारका लागि आवश्यक पर्ने प्राविधिक एवं वित्तीय आधारहरू तयार पारी सोही अनुसार पर्यटन विकाससंग सम्बन्धित कार्यक्रमहरू कार्यान्वयन गर्ने, गराउने।
(च) पर्यटन व्यवसायको विकास, विस्तार र प्रबद्र्धन गर्नको लागि पर्यटन सम्बन्धी विविध क्रियाकलापहरूमा निजी क्षेत्रको सहभागितालाई अधिकतम मात्रामा प्रोत्साहित गर्ने, गराउने।
(छ) पर्यटनसंग सम्बन्धित विद्यमान भौतिक पूर्वाधारहरूको व्यवस्थित र प्रभावकारी ढंगले उपयोग गरी पर्यटकहरूलाई देशको धार्मिक र सांस्कृतिक महत्वका स्थलहरू, उच्च हिम श्रृंखलाहरू तथा मनोरम प्राकृतिक सौन्दर्यको दृश्यावलोकन गराउन निजी क्षेत्रलाई उत्प्रेरित गर्ने ।
(ज) नेपाललाई एक साहसिक तथा आकर्षक पर्यटन केन्द्रको रूपमा विकसित गर्दै लैजाने र जल, स्थल र वायुमा आधारित मनोरन्जनपूर्ण तथा साहसिक पर्यटन सम्बन्धी क्रियाकलापहरूलाई मौलिक संस्कृति र परम्परामा प्रतिकूल असर नपर्ने
गरी नेपाल …………. का विभिन्न भागहरूमा सन्चालन गर्ने, गराउने र त्यस्ता साहसिक पर्यटन सम्बन्धी कृयाकलापहरू सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने ।
(झ) अन्तर्राष्ट्रिय सभा–सम्मेलन, व्यापार मेला, सांस्कृतिक तथा युवा महोत्सव, खेलकूद प्रतियोगिता लगायत अन्य रचनात्मक तथा प्रबद्र्धनात्मक पर्यटकीय उत्पादनसंग सम्बन्धित क्रियाकलापहरू आफैले सञ्चालन गर्ने र निजी क्षेत्रलाई समेत त्यस्ता
क्रियाकलापहरू सन्चालन गर्न प्रोत्साहित गर्ने ।
(ञ) ऐतिहासिक महत्व भएका स्थलहरू तथा मठ मन्दिर, गुम्बाहरूको संरक्षण सम्बन्धी विविध क्रियाकलापहरूमा स्थानीय जनसमुदायको सहभागितालाई अधिकतम मात्रामा प्रोत्साहित गर्ने ।
(ट) पर्यटन पूर्वाधार तथा सुविधाहरूको सुदृढीकरणगर्दै नयाँ पर्यटन स्थलहरूको विकास गर्दा पनि खास गरी ग्रामीण पर्यटन स्थलहरूको विकासलाई प्राथमिकता दिने र ग्रामीण पर्यटन विकासका विविध कार्यक्रमहरू सन्चालन गर्न स्थानीय ग्रामीण समुदायलाई उत्प्रेरित गर्ने ।
(ठ) नयाँ पर्यटन स्थलहरूको पूर्वाधार निर्माण र विकासमा लगानी परिचालन गर्ने, गराउने।
(ड) धार्मिक तीर्थस्थलहरूको संरक्षण तथा सम्बद्र्धन गरी धार्मिक पर्यटनको विकास गर्नको लागि धार्मिक तथा सांस्कृतिक महत्वका स्थलहरूमा पर्यटकहरू बढी आकर्षित हुने गरी सुविधाहरू विस्तार गर्नुका साथै यस्ता स्थलहरूलाई अन्तर्राष्ट्रिय धार्मिक केन्द्रको रूपमा विकसित गर्ने, गराउने।
(ढ) अन्तर्राष्ट्रिय पर्यटन उद्गम बजारहरूमा प्रतिस्पर्धात्मक रूपमा पर्यटन प्रबद्र्धन गरी नेपाललाई विश्वको एक प्रमुख पर्यटन केन्द्रको रूपमा विकसित गर्ने, गराउने।
(ण) वन्यजन्तु अवलोकन जस्ता पर्यटनको विकास र प्रबद्र्धन गर्ने ।
(त) मित्र राष्ट्रहरूसंग समन्वय गरी पारस्परिक लाभमा आधारित अन्तरदेशीय पर्यटन सम्बन्धी गतिविधिहरूमा बृद्धि गर्ने ।
(थ) पर्यटन जन चेतनाको लागि विभिन्न तहमा प्रचार, प्रसार कार्यक्रमहरू तर्जुमा गरी कार्यान्वयन गर्ने, गराउने।
(द) पर्यटन व्यवसायीहरूबाट पर्यटकहरूलाई प्रदान गरिने सेवा तथा
(भ) पर्यटन प्रबद्र्धन, पूर्वाधार विकास, पर्यटन सेवा, सुविधा विस्तार गर्नको लागि नेपाल सरकार तथा अन्य सरकारी स्वामित्व भएको संस्था वा गैर सरकारी संस्थाबाट प्राप्त भएको रकम सोही कार्य गर्नको निमित्त खर्च गर्ने ।
(म) नेपाली पर्यटकहरूलाई आवश्यक सेवा तथा सुविधा उपलब्ध गराउनको लागि सहयोग गरी आन्तरिक पर्यटनको विकासमा सहयोग पुयाउने।
(य) पर्यटन व्यवसायमा संलग्न रहेको कुनै पनि संगठित संस्थाको शेयर वा धितोपत्र खरिद गर्ने वा प्राप्त गर्ने ।
(र) पर्यटन प्रबद्र्धनमा सघाउ पु¥याउने कारोबारमा पूँजी लगानी गर्ने ।
(ल) बोर्डको उद्देश्य पूर्तिको लागि नेपाल सरकारको स्वीकृति लिई विदेशी वा अन्तर्राष्ट्रिय संघ संस्थाहरूसंग सम्झौता गर्ने ।
(व) बोर्डको वार्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक वजेट स्वीकृत गर्ने ।
(श) पर्यटन व्यवसायको विकास, विस्तार र प्रबद्र्धन सम्बन्धी अन्य आवश्यक कार्यहरू गर्ने, गराउने।